Logo

डीआईजीको नेतृत्वमा ‘शक्तिशाली’ समिति


कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा संलग्न प्रहरीहरुमाथि छानविन गर्न शक्तिशाली समिति गठन भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो ।

यसअघि उजुरी छानविन शाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० उत्तम सुवेदीले छानविन गरिरहेको थियो । तर, पछिल्लो पटक थप ५ प्रहरी अधिकारी निलम्बनमा परेपछि डीआईजीकै नेतृत्वमा समिति बनेको हो । समितिमा एसएसपी निरजबहादुर शाही र सुवेदी पनि छन् ।

निर्मलाको हत्याको अनुसन्धानमा प्रहरीले लावरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेको छ । गृह मन्त्रालयका सह(सचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिले समेत प्रहरीको लापरवाही भेटिएको प्रारम्भीक प्रतिवेदन बुझाएपछि डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामी निलम्बनमा परेका छन् ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।
निलम्बित डीएसपी जीसी सीआईबीको जघन्य अपराध पिल्लरका प्रमुख थिए भने सेटी कञ्चनपुर प्रहरीका तत्कालिन प्रवक्ता थिए । भट्ट वडा प्रहरी कार्यालय, महेन्द्रनगर र खड्का कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्