मुलुकमा नयाँ अपराध संघीयता आएपछि, लेन–देन मुद्दामा सजिलो हुने विश्वास गरिएका बेला धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएको छ ।

जनकपुर उपमहानगरपालिका १८ कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग  आईतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए । ‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए । पछि नागरिकता प्रमाणपत्र देखाए पछि, बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे ।

प्राप्त जानकारी अनुसार – राधाकृष्ण खंगले गाउँकै बिक्रु भन्ने बिक्रम यादवसँग २०४६ साल श्रावण १५ गते घर खर्चको लागि १ हजार ऋण लिएका थिए । स्थानीय चलन अनुसार महाजन यादवले उनीसंग मूलधनको तीन गुणा ९३ हजार० को कपाली तमसुक बनाए । ऋण लिएको ९ महिना पछि २०४७ साल जेठ ९ गते उनले ८ सय बिक्रु महाजनलाई फर्काए ।

खंगका अनुसार–बाँकी रहेको २ सय मूलधन तथा २ सय ७० रुपैयाँ ब्याजको गरी कुल ४ सय ७० रुपैयाँको साँवा र ब्याज गरी २०४९ साल भदौ १५ गते २९ हजार मूलधन राखी अर्को कपाली तमसुक बनाइयो ।

२०६३ साल पुसमा जिल्ला अदालत धनुषाले उक्त रकमको साँवा व्याज गरी १ लाख ६५ हजार बिगो भराउने फैसला सुनाएको थियो । झण्डै १० वर्षसम्म फैसला कार्यान्वयन हुन नसके पनि उक्त मुद्दामा खंग आइतबार जेल चलान भएका हुन् ।

प्राप्त जानकारी अनुसार हाल उनले ३ लाख अधिक भुक्तान गर्नु पर्ने भएको छ । राधाकृष्ण खंगका अनुसार लेन देन मुद्दा छिनोफानो गर्न गाउँमा पटक पटक पञ्चायती भएपनि महाजन बिक्रम यादवले समझौता गर्न मानेनन् । ‘गाउँका भद्र भलादमीहरुले ९० हजार लिएर लेन देन मुद्दा मिलापत्र गर्न फैसला सुनाएका थिए ।