Logo

प्रदेश ५ मा फागुन ३ गते प्रदेश स्थापना दिवस मनाइदै


प्रदेश ५ ले फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउने भएको छ । बुटवलमा आज बसेको प्रदेश ५ को आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकार स्थापना भएको दिन फागुन ३ गतेलाई प्रदेश स्थापना दिवस घोषणा गरेको छ । प्र

देश स्थापना दिवसमा सार्वजनिक बिदा दिने र विविध कार्यक्रम गर्ने पनि सरकारले निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन कार्यविधि पनि स्वीकृत गरेको छ । प्रदेश सरकारले प्रदेश ५ का ३५ स्थानीय तहमा गरिबी घटाउने उद्देश्यले मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्न १७ करोड बजेट विनियोजन गरेको छ ।

बैठकले नदीजन्य पदार्थ व्यवस्था कार्यविधि पनि स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार बैठकले जिल्ला सभा सञ्चालन र जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।

त्यस्तै प्रदेश ५ का बासिन्दाको सुरक्षा, व्यवहार र सुबिधा सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक, संस्था दर्ता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश ५ का विभुषण सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृती प्रदान गरिसकेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्