लोहनी कारागारबाट रिहा
संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा पुर्पक्ष थुनामा रहेका एसएसपी दिवस लोहनी आइतबार क्षेत्रीय कारागार झुम्काबाट साधारण तारेखमा रिहा भएका छन् । रिहाका लागि आइतबार अदालतको पत्र आएपछि उनलाई रिहा गरिएको हो ।
उच्च अदालत विराटनगरका न्यायधीश द्धोय नागेन्द्रलाभ कर्ण र सारंगा सुवेदीको सयुक्त इजलासले गत शुक्रबार जिल्ला अदालतको निर्णय उल्टाउँदै लोहनीलाई साधारण तारेखमा छाडेर मुद्दाको कारबाही अगाडि बढाउन आदेश दिएको थियो ।