गायिका कला राईको हातबाट मिर्गौला पिडित कबिता बिकलाई आर्थिक सहयोग
“यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।”-मदर टेरेसा
काठमाण्डौ- गायिका कला राईको हातबाट मिर्गौला पिडित कबिता बिकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । मनकामना ग्रुपका बिजय लामाको सयोजकमा संकलन भएको रकम सखुवासभा जिल्लाको सभापोखखरी गाउपालिका वाड ६ निबासी २१ बर्षको कबिता बिकलाई आर्थिक सहयोग गरिएको छ ।
मिर्गौला रोगबाट पिडित कबिता बिकलाई कुबेतबाट रु ४७ हजार ६ सय २५ रुपौया सहयोग जुटेको रमक सहयोग गरिएको छ । संकलन भएको रकम गायिका कला राई साथै गायिका मेनुका राई मार्फत पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
मिर्गौलाबाट पिडित भई हाल उपचाररत कबिता बिक काठमाण्डौमा बसोबास गर्दै आएका छन् । उनीलाई उपचारमा आर्थिक अभाब भएपछि विभिन्न क्षेत्रबाट सहयोग जुटाउन थालिएको छ । गायिका कला राईले यो सहयोगले उनिको उपचारमा थप टेवा पुग्ने बताउनुभयो ।
कबिता बिकलाई मिर्गौला फेर्न भारत लानु पर्दछ जसको लागी ३० देखी ४० लाख लाग्द्छ तर अहिले ५ लाख मात्र रकम सङ्कालीत भएको छ । पिडित बिकको एक छोरा र श्रीमान रहेको छ । मिर्गौलाखराब रहेकी बिकको गएको गत बर्षदेखी डायलाइसिस भइरहेको छ । उहाँको परिवार आर्थिकरुपले कमजोर छ ।
हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं । जिबनमा लिएर जानु केहि छैन, दिएर दिएर जाउ । त्यसैले कबिता बिकलाई सहयोग गरौ ।
https://www.youtube.com/watch?v=zlVtxBjN_do