Logo

प्रकाण्डको गिरफ्तारीविरुद्ध आज उदयपुर बन्द (विज्ञप्तिसहित)


उदयपुर । नेपाल कम्युनिस्ट पार्टीले आज उदयपुर बन्दको घोषणा गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डलाई सर्वोच्च आदेशपछि पुनः गिरफ्तार गरी उदयपुर ल्याएको भन्दै नेकपा उदयपुरले एक दिने जिल्ला बन्दको घोषणा गरेको हो ।

नेकपाका उदयपुर इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले एक विज्ञप्ति जारी गरेर पार्टीका प्रवक्ता प्रकाण्डलाई पटकपटक सर्वोच्च अदालतको आदेशलाई लत्याउँदै अदालत परिसरबाट नै गिरफ्तार गरी विभिन्न जिल्लाहरुमा पुर्याउने श्रृंखला अन्तरगत उदयपुर प्रशासन ले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् ।

“पार्टीका प्रवक्ता कमरेड प्रकाण्ड, केन्द्रीय सदस्य एवं सगरमाथा व्यूरो इन्चार्ज क. दिपेश राई, व्यूरो सदस्य कमरेड शैलेस र राकेश राईलाई झुट्टा मुद्दामा अन्य जिल्लाबाट गिरफ्तार गरी अदालतले रिहा गर्ने आदेशलाई लत्याएँदै अदालति परिसरबोटै ओली–दाहाल दाहालको ठाडो निर्देशनमा उदयपुर प्रहरी प्रशासनले पुनः गिरफ्तार गरी झुटा मुद्दामा फसाउने षड्यन्त्रले जिल्ला पार्टीलाई गम्भीर बनाएको छ” जारी विज्ञप्तिमा बताइएको छ ।

आफ्ना पार्टीका नेता, कार्यकर्तालाई झुट्टा मुद्दामा गैरन्यायीक गिरफ्तार गरी यातना दिएको विरोधमा एक दिने उदयपुर बन्दको घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

बन्दको कारण विहानैबाट यातायात, बजार, शैक्षिक संस्था बन्द छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्