प्राकृतिक स्रोत व्यवस्थापन र अनुकुलन कार्यशाला सम्पन्न
– मान्सुङ चाम्लिङ
थाइल्याण्ड-जलवाय परिबर्तन र यसको असर समग्र विश्वमा परिरहँदा सबै भन्दा बढी आदिवासी जनजाति समूदायहरुलाई पिरोलीरहेका पाइन्छ । जसमा गरिबीलाई पनि कम असर पारेको छैन । तर गरिबी हुँदा र असर गर्दा बाँच्नसँगको मात्र सम्बन्ध रहेको हुनाले कुनै अर्को भूभागमा बसाई सर्दा वा रोजगारी सृजना हुँदा समस्या समाधान हुन्छ । तर आदिवासी मसूदायहरुलाई जलवायु परिबर्तनले असर गर्दा उनीहरुको साँस्कृतिक पहिचान, अस्तित्व, भूमी, परम्परागत ज्ञानसीप, इतिहास, भाषा सबै लोप भएर जाने खतरा छ । तथा आदिवासीहरुको पहिचान नै लोप हुने अवस्था छ । त्यति मात्र होइन आधुनिक विश्व समाज व्यापार र पैसासँग मात्र तुलना गरेर अरु सबै केही होइन भनेर व्यक्तिगत स्वार्थको लागी लडिरहेका छन् । यसले आधुनिक प्रतिष्पर्धाको कारण प्राकृति स्रोतहरुको दोहन भइरहेको रहेको छ । जसको कारण कच्चा पदार्थहरुको उच्च रुपमा उत्खनन्, आधुनिक हात हतियारहरुको निर्माण हुँदैछ ।
तर प्राकृतिक स्रोत साधनहरुलाई व्यवस्थापन गर्ने आदिवासी ज्ञानसीपहरु भने लोप भइसकेको अवस्था छ । यसकारण एशिया स्तरमा रहेका आदिवासीहरुको प्राकृतिक स्रोतहरुको व्यवस्थापन, जलवायु अनुकुलन बारेमा आदिवासीहरुको परमम्परागत ज्ञान तथा उनीहरुले गरिरहेको अभ्यास, समुदायको नक्शांकन र प्रयोग तथा आवश्यकता, एगा्रेफोरष्ट्री, चक्रिय खेती प्रणाली आदि बारेमा ज्ञान आदान प्रदान गर्नको लागी थाइल्याण्डको चियाङ राई प्रदेशको पाकिया समूदायमा रहेका आखा र लाहु आदिवासी समूदायहरुमा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । उक्त अवलोकन भ्रमणमा नेपाल, फिलिपिन्स, थाइल्याण्ड गरी २० जना आदिवासी सहभागीहरु तथा अन्य स्रोत व्यक्तिको रुपमा नेदरल्याण्डबाट पनि सहभागी रहेका थिए । नेपालको तर्फबाट राजु बिक्रम चाम्लिङको नेतृत्वमा ४ जना सहभागीहरु रहेका थिए । उक्त अवलोकन भ्रमण कार्यक्रममा त्यहाँको लाहु र आखा आदिवासी समूदायहरुको साँस्कृतिक कार्यक्रम लगायत आदिवासी संस्कारले स्वागत गरेका थिए ।