जापानको कराते प्रतियोगितामा तामाङ रेफ्री
राजु बिक्रम चाम्लिङ
विश्व समाज राजनीतिले प्रत्यक्ष प्रभाव पारेको छ । यसको प्रत्यक्ष प्रभाव नेपाललाई पर्ने नै भयो । तर नेपाली राजनीतिले विश्व समाजलाई केही प्रभाव पार्न सकेको छैन । विश्व समाजको राजनीतिले भने नेपालीलाई थिचेर कैले स्वतन्त्र महशुष गर्न सकिएको छैन । यसो हुनुमा यात नेपाल विकासौन्मुख राष्ट्र भएर हो वा नेपाली राजनीतिक नेतृत्वहरुको क्षमता नभएर । तर नेपालीहरुले राजनीतिक क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा प्रभाव पार्न नसकेता पनि विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतमवुद्ध लगायतका विषयहरुमा नेपालीहरुले नै विश्वलाई पछि पारेको छ ।
यसकारण राजनीतिक वाहेकका विषयहरुमा नेपालीहरुले अन्तराष्ट्रिय स्तरमा आफ्नो क्षमता, योग्यता र कौशलता प्रदशन गर्दै नेपाल र नेपालीहरुको शान अन्तराष्ट्रिय जगतमा स्थापित गराएका छन् ।
यही क्रममा जापान फुकोआका, को दाजैफु, रंगसालामा रेफ्री सेमिनर मा सहभागी भइ आफ्नो कला प्रस्तुत गर्न सफल हुनु भएको छ रामकृष्ण ब्लोन तामाङ । उहाँको आफ्नो जीवनकालमा धेरै देशविदेश भ्रमण गरेता पनि जापानको विकास र त्यहाँको प्रणाली बारेमा आफै छक्क पर्छन । उहाँको यो जापानको भ्रमण तथा अन्य देश भन्दा फरक रहेको छ । उहाँ भन्नुहुन्छ, करातेमा जापान, समृद्ध जापान तेसै बनेको होइन रहेछ, आज प्रमाणित भो,, किनकि मेहनत, र लगन सिलता, सहन्सिलता,,, आज द्धठ बर्षको उमेरमा जापान मा त्रेनिङ्ग गर्ने अवसर मिल्यो ।
यही अवसरमा उहाँले जापानको रंगशालामा १६ सेप्टेम्बरमा २०१८ रेफ्रिको भूमिका निर्वाह गरिरहनु भएको छ । नेपालको स्वाभिमान बढाउनमा उहाँले गर्नु भएको कार्यप्रति सम्मान गर्दै थप उर्जा मिल्दै अन्तराष्ट्रिय स्तरमा उहाँको आफ्नो तथा नेपाल र नेपालीको शिर उच्च राख्न हरदम प्रयास जारी रहोस शुभकामना छ ।