Logo

बाल गाएक समिर अचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । बाल गाएक तथा कलाकार समिर अचार्यको नयाँ गिती भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार राजधानी स्थित संवाद डबलीमा वरिष्ठ संगितकार आनन्द राईले सो म्यूजिक भिडिायोलाई सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक गर्दै संगितकार राईले बाल गायक समिर आचार्यको स्वर तथा मोडलिङको प्र्रशंशा गरे । राइले बाल गायक आचार्यकोे सानैबाट छोराको रुचिको कदर गरेर थप सांगितिक वातावरण दिएर  प्रोत्साहन गरेकोमा आमा–बुबालाई धन्यवाद पनि दिए ।
संगीतकार राईले ठूला ठूला बलिउड कलाकारहरु पनि बाल्यकालको अनुभव कलाकारिता मार्फत् उतारेकोे बताउँदै समिरलाई गीत संगीतको छनोटलाई लिएमा अझ राम्रो हुने बताए ।
सो कार्यक्रममा संगित तथा म्यूजिक एरेन्जर सविन लिम्बुले नेपाली समाजमा एक फरक आयाम भएको गित बजारमा ल्याउन सफल भएको बताए । साथै उनले बाल गायक आचार्यमा एक किसिमको सांगितिक क्षमताले आफूलाई पनि उर्जा प्रदान गरेको बताए ।
त्यस्तै सो गितका रचनाकार कृष्ण राजभण्डारीले गीतमा भएको शब्दको बयान गर्दै भने–‘मेरो उमेर अन्तर गीतको बोल नै छ, मायालाई उमेरले छेक्दैन त्यसैले सानो मान्छेले एउटी उमेर भएकी युवतीलाई मन पाराउँछ तर आफ्नो मनको भावना भन्न सक्दैन ।’ मायामा सानो ठूलो जातभातले नछेक्ने उनकोतर्क थियो ।
बाल गायक आचार्यका बुबा दुर्गा आचार्यले आमा बाबुले आफ्ना छोराछोरीको चाहना अनुसार सानै बाट रुचिको बिषयमा प्रोत्साहन गर्नु पर्ने र आफूले पनि त्यही गरेको बताए । त्यस्तै आमा सुमित्रा आचार्यले पनि आफ्नो छोराको गायन कला प्रति खुशि भएको धारणा व्यक्त गरिन । ‘मनपराउँछु धेरै तर उमेर अन्तर’ बोलको सो गिति भिडियोेमा बालकलाकार स्वयमले भिडियोमा पञ्जापी पगडी गुथेकोले छुट्टै आकर्षक देखिएको छ, सो भिडियोमा यस्तो पहिरन नेपालमा नयाँ भएको भिडियोका निर्देशक युवराज वाइवाले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्