Logo

पुर्बेली लोक भाका “नतर्कन ए कान्छी” बोलको गीत सार्वजनिक


ईन्द्र जिसिबिशा

काठमाडौ – चर्चित गायिका सुनिता थेगिम र राज रोबट अजनवीको स्वरमा अत्यन्तै मिठो पुर्बेली लोक भाका “नतर्कन ए कान्छी” बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा पुर्बेली लोकभाकाहरु अलिक कम बजारमा आईरहेको अवस्थामा गायिका सुनिता थेगिम र राज रोबट अजनवीले मिठो पुर्बेली लोकभाकाको गीत बजारमा ल्याएका हुन् । खिरिलो स्वरकी धनी गायिका सुनिता थेगिम पछिल्लो समयमा निक्कै व्यास्त गायिका हुन् । गायिका थेगिमले थुप्रै नेपाली चलचित्रहरुमा, लोक, आधुनिक, पप र लिम्बु भाषाका गीतहरु गाई सकेकी छन् ।

गीतकार सुमित्रा थुलुङ्ग “अश्रुधारा” को शब्द रचनामा रहेको यो गीतलाई राज रोबट अजनवी र चन्द्र श्रेष्ठले संगीत गरेका हुन् । सुमित्रा थुलुङ्ग “अश्रुधारा” पछिल्लो समयमा निक्कै राम्रा गीतकारको रुपमा उदाई रहेकी छन् भने संगीतकार राज रोबट अजनवी लामो समय सम्म बिदेश बसाई पश्चात नेपाल आएर संगीतमै व्यास्त बन्दै आईरहेका छन् । अर्का संगीतकार चन्द्र श्रेष्ठ पनि बिदेशमै रहेर नेपाली संगीतमा आफ्नो भविष्य खोजि रहेका छन् ।

सार्वजनिक गीत “नतर्कन” मा एरेन्ज भने अत्यान्तै प्रतिभाशाली गायक, संगीतकार तथा एरेन्जर कृष्णभक्त राईले गरेका छन् । मुस्कान मुकारुङ्गले रेकर्ड गरेको यो गीतको भिडियोलाई सुमन मगरले छायांकन तथा सम्पादन गरेका हुन् ।

“नतर्कन ए कान्छी” को म्युजिक भिडियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्