‘असुल’ कबिता-जाउमा म्वारेबुङ
” ब्यथाहरु छन यहाँ
थुप्रै – थुप्रै कथाहरु पनि
शिरैबाट उडिजान्छ जहाज
तर कहिल्यै उडाउन नसकेको
छेउबाटै बग्दै जान्छ मनोहरा,बागमती
तर पनि बगेर जान/लान नसकेको
ब्यथाहरु /कथाहरु छन यहाँ !
हरेक अपरान्ह 3/4 को आसपास
बोरामा पोक्याएर सामानहरु
पर्खिरहन्छ ग्राहक
बिहान बेलुकी छाक टार्न
हुन सक्छ
बाल बच्चा पढाउन
हजारौं मानिस नामको
प्राणिहरु ओहोर-दोहोर गरिरहन्छ्न
कसैले टेकेर जान्छन
तर पनि चुपचाप हेरेर प
छ्याईरहन्छ दैनिकी
खै ! उस्लाई लाग्छ/लाग्दैन विष्मत !
कानको जाली फुट्ला झैँ
आवाजसङ्ग छिन-छिनमै
उडिरहन्छ निर्जिव चील(जहाज)
कहिल्यै उडाउदैन उसको दुखको भारी
कहिल्यै उडाउदैन उसमाथी लागेको
दरिद्रको कालो पर्दा
बरु आईरहन्छ हरियो लुगा
लगाउनेको एक हुल र
खेदिरहन्छ सिठ्ठि फुक्दै
र कहिले त पोकै उठाएर लान्छ
कहिले आउँछ हप्ता असुलि !
आज त आयो सरकार नामको
अजङ्गको मानिस र भन्यो
तिमीले यो रोडको छेउमा
बसेको कर तिर्नु पर्छ !
कहिल्यै नसुनेको नाम
को हो त्यो कर ?
के हो कर ?
के यो बाटोमा
अलिकती पनि
मैले बस्ने अधिकार
नभएको हो ?
या श्रम गरेर इमानले
बस्न नपाउने हो ?
श्रमको मूल्य नपाउने ?
के मैले एक – एक थोपा पसिना
बगाएर तिरेको करको
उचित ब्यबस्था छ ?
त्यो करको सहि ठाउँमा
सहि सदुपयोग हुन्छ ?
नत्र जवाफ देउ सरकार
किन जताततै
कर ! कर ! कर कर करको रवाफ ??