Logo

डक्टर किरातको एकल संगीत रहेको ‘तस्बिर’ एल्बम सार्वजनिक


-सुमन बाङदेल

काठमाण्डौ- झण्डै २ दशक देखी नेपाली संगीतको क्षेत्रमा सक्रीय डक्टर किरातको एकल संगीतमा रहेको एल्बम ‘तस्बिर’ शनिबार सार्वजनिक भएको छ । काठमाडौँ अनामनगरको विनायो क्याफेमा एक कार्यक्रमका बीच उक्त एल्बम विमोचन गरिएको हो । समकालिन युबा संगीतको आकाश एक चम्किलो तारा र युबा अवस्थामा मै संगीतको एक धरोहर हुन, डाक्टर किरात ।

यस बिमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा गीतकार भूपाल राई, जनवादी गायक तथा संगीकार शम्भू राई, नेपाली विशिष्ट गायिका बिमला राई, सांसद हेम कुमार राई र सुदन किरातीको सामुहिक हातबाट विमोचित गरिएको एल्बममा दिलिप राई सगरको एकल शब्द छ ।  दिलिप राई सगरले बिदेशमा बसेर नेपाली सास्कृती जिबनसँग गहिरो प्रेम गरिएको कुरा गित मार्फत बोलेको छ ।

उक्त एल्बममा समावेश ‘देउराली’, ‘तस्बिर’ , ‘बाह्रमासे फुल’, ‘हुरी चलेर’, ‘साकेला १’ र ‘साकेला २’ बोलका ६ वटा गीतमा गीतकार दिलिप राई सागरको सोलो रचना रहेको छ ।

एल्बममा समेटिएका ६ वटा गीतमा ‘देउराली’ बोलको पहिलो गीतमा हालकी चर्चित गायिका मेलिना राईले आवाज दिएकी छिन्, यस गीतमा अशोक लोहोरुङ राईले संगीत–एरेन्ज गरेका छन् ।

त्यस्तै, ‘तस्बिर’ बोलको गीतमा युवा गायक दिवेश राईको आवाज र संगीत–एरेन्ज छ भने ‘हुरी चलेर’बोलको गीत गायिका आभा मुकारुङ राईको आवाजमा सजिएको छ, जसमा संगीत–एरेन्ज बुद्ध स्याङबाले गरेका छन् । ६ वटै गीतमा संगीतकार डाक्टर राईले सोलो संगीत भरेका छन् ।

त्यस्तै, एल्बमको पाँचौँ गीत ‘साकेला–१’मा गायिका मिना राईको आवाज तथा कुमार राईको संगीत एरेन्ज रहेको छ र अन्तिम गीत ‘साकेला–२’मा दिपक राई वान्तवाको आवाज तथा कुमार राईको एरेन्ज रहेको छ ।

यीमध्ये एल्बमको ‘बारामासे फुल’ बोलको तेश्रो गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । यस गीतमा आवाज कन्कास्ट राई र दिपा राईको रहेको छ भने भिडियोमा टंकराज कोलाङ र अर्चना काउदा मगरले फिचरिङ गरेका छन् ।


कार्यक्रममा बोल्ने क्रममा अथितिहरुले नेपालीपन भएका गीत–संगीत हराउँदै गइरहेको अवस्थामा यस एल्बममा भएका गीतहरुले भने अझ अगाडी बड्न हौसला मिल्ने र त्यो नेपालीपन हराउन नदिनेमा विश्वास रहेको बताएका थिए ।

अतिथि ग्रहण ,म्युजिक भिडियो प्रर्दशन, मायाको चिनो वितरण, अतिथिबाट सुभकामना आदान प्रदान सँगै  संगीतकार डाक्टर किरांतले एल्बममा राखिएको गीत गाएर उपस्थितलाई सुनाएका थिए । एल्बम नयाँ मार्गी सङ्गीत एकेडेमी एण्ड प्रोडक्शनले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुस ।

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्