Logo

साफ फुटबल ग्राण्ड डिजाइन अनुसार नै माल्दिस च्याम्पियन


काठमाडौं । माल्दिभ्सले १२ औं संस्करणको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा साबिकको उपविजेता भारतलाई २ – १ ले हराएर माल्दिभ्सले उपाधि जितेको हो ।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा माल्दिभ्सलाई जित दिलाउन इब्राहिम महुधी र अली फसिरले समान एक एक गोल गरे । भारतका सुमित पसाईले एक गोल फर्काए ।

माल्दिभ्सले दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको १९ औं मिनेटमा  महुधीले गोल गर्दै माल्दिभ्सलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा फसिरले गोल गर्दै माल्दिभ्सलाई २ – ० को अग्रता दिलाए ।  खेलको इन्जुरी समयमा भारतका सुमितले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन  ।

योसंगै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । यता, भारत आठौं पटक साफको उपाधि जित्नबाट बन्चित भएको छ । यस्तै माल्दिभ्सले भारतसंग समूह चरणमा बेहोरेको हारको बदला समेत लिएको छ ।

साफको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३ – ० ले हराएर फाइनल यात्रा तय गरेको थियो । समूह चरणमा भाग्य (गोलाप्रथा) को आधारमा सेमिफाइनलमा पुगेको माल्दिभ्सले अन्तत उपाधि जितेको छ ।

यता, यू-२३ खेलाडी रहेको भारतले पाकिस्तानलाई २ – १ ले हराएर सेमिफाइनल यात्रा तय गरेको थियो ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्