Logo

गगन कडकिए : ‛गृहमन्त्रीको क्षमतामा बादल लाग्यो’


काठमाडौं । कांग्रेका युवा नेता गगन थापा गृहमन्त्री रामबहादुर थापासँग कड्किएका छन् । उनले गृहमन्त्रीको सोच र क्षमतामै बादल लागेको आरोप लगाएका हुन् । शनिबारको प्रतिनिधिसभा बैठकमा उनले प्रश्न गरे– ‘सभामुख महोदय सोच र क्षमता दुवैमा बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ  र ?’

त्यसपछि उनले गृहमन्त्री बादल आवश्यक नभएको बताउदै भने, ‘हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठिकै हो। क्षमतामा केही बादल लागेको मात्र हो। तर हिजो हामी जब बोल्यो, मन्त्रीजी पनि बोल्नुभयो। अनि थाहा पायौँ युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नो हिरासतबाट मनोहर यादव मारिदा, अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीलाई आफ्नै संयन्त्रहरु जोगाउन लागिरहँदा ग्लानीबोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको, बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्