Logo

तपस्वी बम्जनमाथि बलात्कारको आरोप


काठमाडौं । बाराको जंगलमा तपस्या गर्ने रामबहादुर बमजनलाई बलात्कारको आरोप लागेको छ । आज महिला अधिकारकर्मीहरुको सहयोगमा ललितपुरमा आयाजित पत्रकार सम्मेलनमा पीडित युवतीले २ वर्षदेखि बलात्कार गरेको बताएकी हुन् ।

बलात्कार लगत्तै प्रहरीमा उजुरी गर्न खोजेको भएपनि बम्जनकी श्रीमतीले धम्काएकाले पछि हटेको बताइन । तर अहिले महिला अधिकारकर्मीमार्फत न्याय खोज्न काठमाण्डौ आएको उनको भनाई छ ।

उनले भनिन–‘म माथि पटक(पटक गुरुले बलातकार गर्नु भयो, यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनु भयो र मैले उजुरी हाल्न सकिनँ ।’ पीडित किशोरी आनी हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्