उपराष्ट्रपति पुन चीन जाँदै
उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ असोज ३ गते चीन प्रस्थान गर्दैछन् । सिपिसीका सिचुवालन प्रान्त सचिव फङ समितिको निमन्त्रणामा उनी त्यता जान लागेका हुन् । पुन सिचुवान प्रान्तको राजधानी छन्दुमा ४ असोजदेखि सुरु हुने‛१७ औँ चीन पश्चिम अन्तराष्ट्रिय मेला’मा सहभागी हुनेछन् । उनले सो अवसरमा आयोजित डिजिटल फोरमलाई सम्बोधन पनि गर्नेछन् ।
५ दिने चिन भ्रमणमा उनले चीन सरकारका पदाधिकारीहरु, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गर्नेछन् ।
उनको भ्रमण टोलीमा धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधी, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारी लगायतको करिब १७ जना रहनेछन् ।