Logo

बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पार्टी एकता : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोगटीजस्ता महान योद्धाको सपना साकार पार्न पार्टी एकतालाई निश्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले भने– “सानातिना कुरा, आफ्ना हित र अहंकारमा अल्झियो भने शहीदको सपना पूरा गर्न सकिँदैन,शहीदका सपना पूरा गर्न पनि पार्टी एकतालाई सुदृढीकरण गर्दै मुलुकलाई समृद्धितर्फ लैजानु पर्दछ ।”
उनले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेकाले त्यसलाई परास्त गरी पार्टी एकतालाई सुुदृढ गराएर अघि बढ्ने बताएका छन् । उनले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्नेसमेत बताए ।

उनले कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीदेखि पोष्टबहादुर बोगटीका मार्गमा हिँडाएर जनताका आकांक्षा पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने–“जुन किसिमको समाजवाद स्थापना गर्ने उहाँहरुले सपना देख्नुभएको थियो । त्यो सपना हामी पूरा गर्ने छौँ ।”

सुखी नेपाली र समृद्ध नेपाल सबैको चाहना भएकाले त्यसलाई पूरा गर्न कम्युनिष्ट आन्दोलन एकढिक्का भएको भन्दै  उनले अब यो एकता कहिल्यै विभाजित नहुने पनि बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्