Logo

निर्मलाको न्यायका लागि काठमाण्डौमा बृहत्त प्रदर्शन


काठमाडौं । कन्चनपुरका १३ वर्षिय बालिका निर्मला पन्तलाई न्याय दिलाउन माग गर्दै राजधानीस्थित माइतीघरमा प्रदर्शन गरिएको छ । झण्डै २ महिना अघि बलात्कारपछि हत्या गरिएकी उनको हत्यारालाई पक्राउ गरी कारबाही गर्न दबाबस्वरुप बृहत्त प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा हजारौँ सर्वसाधारणको सहभागिता थियो । प्रदर्शनका क्रममा सहभागिहरुले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार रु,सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति रु लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

शनिबार देशका विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै प्रदर्शन गरिएको छ । निर्मलाका बाआमा न्याय माग्दै काठमाण्डौमै छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्