Logo

विचारमा दृढ र व्यवहारमा सहज ‛पोष्टबहादुर बोगटी’को आज चौथौ स्मृति दिवस


आज तत्कालिन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको चौथौ स्मृति दिवस हो । उनको अवसान भएको ४ औँ वसन्त भएपनि सारा नेपालीले उनलाई मिस गरिरहेछन् ।  लाखौँ क्रान्तिकारी कायकर्ता, जनता र नेताका आदरणीय व्यक्तित्व थिए , बोगटी । जनयुद्धका सेरोफेरोमा होस् या शान्तिप्रकृया पछि नै किन नहोस् उनी सदा विचारमा दृढ र व्यवहारमा सहज देखिए ।  सरल र सालिन उनी एकीकृत माओवादीको हेटौंडामा भएको सातौ महाधिवेशनले महासचिव र विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित भएका थिए । गैर माओवादीहरुका बीचमा पनि मिलनसार नेताका रूपमा परिचित उनी सरल र सालीन स्वभावका व्याक्तित्व हुन् । यसै पृष्ठभूमिमा रहेर उनीबारे तयार पारिएको संक्षिप्त सामग्री  :

  • बोगटीकोे प्रारम्भिक जीवन :

पोष्टबहादुर बोगटी पिता भैरवबहादुर र माता लेखाकुमारी बोगटीको कोखबाट विःस २०१० सालमा जन्मिएका हुन् । नुवाकोटको तुप्चे गाविसको अक्करेमा जन्मिएका उनले ८ कक्षा सम्मको शिक्षा हासिल गरे । पञ्चायतकालदेखि नै वाम राजनीतिमा लागेका उनी केही समय नुवाकोट भाल्चेस्थित भेडा फर्ममा सरकारी जागीरेको रुपमा पनि काम गरे । सामान्य किसान परिवारमा जन्मिएका बोगटी आफ्नो गाउंमा सहकारीमार्फत समाजसेवामा सक्रिय पनि थिए । सहकारीमा सक्रिय हुंदै गर्दा उनी समाजबादतर्फ आर्कर्षित भए । अन्तत : आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमा सपरिवार जनयुद्धसँगै भूमिगत भए ।

  • भूमीगत जीवन :

२०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय बोगटी माओवादीले सशस्त्र संर्घष थाल्नुपूर्व नै भुमिगत राजनीतिमा थिए । उनी एकीकृत नेकपा माओवादीका संस्थापक मध्ये एक हुन् । माओवादीले सशस्त्र संर्घष थाल्नुपूर्व गोरखाको सिरानचोकमा गरिएको फौजी तालिममा सहभागी केही नेता मध्ये उनी पनि एक थिए । माओवादीको संशस्त्र संर्घषताका बोगटीले माओवादीको पश्चिम क्षेत्रको कमाण्ड सम्हाले । उनले नेतृत्व गरेको पश्चिम कमाण्डमा माओवादी संर्घष चांडै विस्तार भएको थियो । बोगटी पार्टी भित्र सहकारिता र समाजवादको ज्ञाता मानिन्थे। समाजिक सेवाबाट राजनीतिमा प्रवेश गरेका उनी राजनीतिबाट लिने होइन, देश र जनताको सेवा गर्ने हो भन्नेमान्यता राख्थे । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अत्यन्त निकट बोगटीले माओवादी अन्तरसंर्घषमा सधैं अध्यक्ष प्रचण्डलाई साथ दिए । र, प्रचण्डकै छोरीसँग आफनो छोरा रबिको विवाह गराई झनै नजिकको सम्वन्ध कायम हुन गयो ।

  • सार्वजनिक जीवन :

२०६२।८।७ मा भएको बाह्रबुँदे समझदारीपछि नेपाली राजनीतिमा अनेकन श्रृंखला देखिए । ऐतिहासिक दोश्रोे जनआन्दोलन भयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा देश प्रवेश गर्यो । अन्तरिम सरकार र संविधान बने । ऐतिहासिक संविधानसभाको निर्वाचनका निम्ति देश अघि बढ्यो । यसै श्रृंखलामा २०६४ सालको संविधानसभाको निर्वाचनमा उनी नुवाकोट ३ बाट प्रत्यक्ष तर्फ विजयी भए । संविधानसभा सदस्य पोष्टबहादुर बोगटी एकीकृत माओवादीको हेटौंडामा भएको सातौ महाधिवेशनमा महासचिव र विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित भएका थिए । विचारमा दृढ र व्यवहारमा सहज बोगटीलाई गैरमाओवादीहरु पनि मिलनसार नेताका रूपमा बुझ्थे। पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट निर्वाचित बोगटी दोश्रो निर्वाचनमा भने पराजित भए । पहिलो संविधानसभामा माओवादीको प्रमुख सचेतक रहेका बोगटीले सूचना तथा संचार, पर्यटन नागरिक तथा उड्ड्यन तथा ऊर्जामन्त्रीसमेतको जिम्मेवारी सम्हाले । पर्यटन मन्त्री छंदा उनले नेपाल वायुसेवा निगममको स्तरोन्नतीकरणका लागि महत्वपूर्ण निर्णय गरेका थिए । त्यस्तै उर्जामन्त्री हुंदा ऊर्जामा चिनिया लगानी भित्र्याउन उनको विशेष पहल रह्यो । जलविद्युत क्षेत्रको विकासका लागि नीतिगत सुधारमा बोगटीले निर्वाह गरेको भूमिका ऊर्जा क्षेत्रमा सदा सम्झिने गरिन्छ ।

  • बोगटीको अवसान :

बोगटीको ६२ वर्षको उमेरमा २०७१ भदौ ३० गते बिहान उपचारका क्रममा निधन भयो । २६ गते बिहीबार एक्कासी हृदयाघात र मष्तिष्कघात भएका उनको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा २०७१ भदौ ३० गते बिहान साढे सात बजे निधन भएको थियो । यसरी पार्टी र देशका लागि सहज र दृढ क्रान्तिकारी नेताको अवसान हुन गयो । उनैको स्मृतिमा पार्टीले पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान समेत स्थापना गरेको छ । उनलाई आज मात्र होइन् सदा देशले सम्झिरहने छ ।

  • बोगटी परिवार :

बोगटीका एकमात्र छोरा रबिको माओवादी सशस्त्र संर्घषताका सुरक्षाकर्मीको आक्रमणमा निधन भयो। उनका श्रीमती उषा माओवादीको जिल्लातहको राजनीतिमा सक्रिय छन् । भने दुई छोरीमध्ये प्रतिभा दाङमा छिन् प्रभा काठमाडौंमा संचारकर्मी छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्