फूलको आत्म बयान
- टंक किराती
फूल !
तिमी राम्री की म रु
दाजीन मन भएर आएकोछ मलाई
हल्का हल्का लाजको लाली लिएर
खै कहाँ हो कहाँ
कुन्नी कसलाई हो कसलाई
सम्झेर की कल्पेर !?
स्वचालित रुपमा
अनुहार अलि खुम्च्याएर
मुहार धपक्क तिमि जस्तै फूलाउदै
तिमिलाई नै सुमसुम्याउदै
तिम्रो सुन्दरता संग
तिम्रा कोमलता संग
जन्मौको नाता छ जस्तो
कहिलै नछुटीने सम्बन्ध छ जस्तो
लागी रहेछ तिम्रो संसर्गमा ।
हेर त , देख्छौ भने
म पनी कती खुलेकोछु
तिमी जस्तै
कता कताको कुत्कुतीले
सौन्दर्य थपेकैछ मेरो
बुलबुल कोपिला
जही तही फक्रीएका नै छन मेरो
तिमी जस्तै
हुन पनी , यो दुनियाँ
अनी यो समाज
फूलकै उपमा त दिन्छ मलाई
तिमी जस्तै सुन्दर भएर की
तिमी जस्तै कोमल भएर की
सायद ,
तिमी जस्तै कोपिलामै चुडिनु पर्ने भएर पो हो की
आफ्नै बगैचाँ भन्दा पराया घर सजाउनु भएर पो हो की
जे भएर पनी तिमी जस्तै छु।
जसो गरेर पनी तिमी जस्तै हुन्छु।।
र त मलाई पनी
सधै सधै तिमी सगै जीस्कन मन भएर आउछ।
फूल ?
तिमी राम्री की म रु
आज तिमी संग मलाई
दाजीन मन भएर आउछ।।।