Logo

साफ फाइनल : भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्दै, उपाधि कसको ?


काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको फाइनलमा आज (शनिबार) भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित बंगबन्धु रंगशालामा हुने फाइनल दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । भारत र माल्दिभ्सबीचको फाइनल खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुनेछ ।

साविकको उपविजेता भारतले सेमिफाइनलमा पाकिस्तानलाई ३ – १ ले हराएर उपाधि नजिक पुगेको हो । यस्तै माल्दिभ्सले पहिलो सेमिफाइनलमा नेपाललाई ३ – ० ले हराएको थियो ।

दुवै टोली समूह चरणमा समूह ‘बि’ मा रहेको थियो । समूह चरणमा भारतले माल्दिभ्सलाई हराएको थियो । भारतविरुद्ध मैदान उत्रदा माल्दिभ्स समूह चरणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । भारत समूह चरणको नतिजालाई कायम राख्न चाहन्छ ।

यस संस्करणका लागि यू-२३ टोलीलाई बंगलादेश पठाएको भारत साफमा सर्वाधिक सफल टिम हो । भारतले ७ पटक उपाधि जितेको छ । भारत आठौं उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

माल्दिभ्सले एक पटक साफको उपाधि जितेको छ । यस संकरणको उपाधि जित्दै माल्दिभ्स साफको सर्वाधिक उपाधि जित्ने दोस्रो राष्ट्र बन्न चाहन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्