Logo

आजको छापा खबरहरु


  • बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

कञ्चनपुर – बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ ।

तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ ।

घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए । एक महिनापछि बलात्कारविरुद्ध सचेतना तथा तालिम सुरु हुने थापाको भनाइ छ ।

यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार गर्ने भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने  तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ ।

  • बेनी-जोमसोम सडक छियाछिया

म्याग्दी – हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ ।

पहिरोले बगेको सडक थप पहिरो नझरे पहिलेकै अवस्थामा फर्किन कम्तीमा एक साता लाग्ने सडक आयोजनाले जनाएको छ ।

विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँ ठाउँमा भीषण पहिरो गएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

सबैभन्दा ठूलो पहिरो म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभीरमा खसेको छ । काभ्रेभीरमा बर्सेनी पहिरो जाने गरेको छ ।

त्यसाहेक सडकका ठाउँ ठाउँमा रहेका पुलसम्मको एप्रोच (पुल अड्ने संरचना वा ठाउँ) नै पहिरोले बगाएको छ ।

 

  • रथयात्रा हेर्न गएका तीन किशोरी १० दिनदेखि बेपत्ता

नुवकोट – नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन ।

हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् ।

उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए । आजको नागरिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराएर पनि अहिलेसम्म नफर्किएको शर्मिलाका बुवाले शुक्रबार बताए ।

 

  • सेवा सुविधा नदिए बैठक नचलाउने चेतावनी

काठमाडौं – संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।

यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

२०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।

त्यसबापत उनीहरुले बिहान साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए ।

शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपैयाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ गतेपछि यो सुविधा कटौती गरिएको छ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्