शशांकको कर्याङकुरुङ कथा देउवालाई मन परेन
काठमाडौं । आज राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर र महामन्त्री संशाक कोइराला सहभागी थिए । प्राय : दिनहुँ पार्टीमा अन्तरद्धन्द बढीरहेका बेला कार्यक्रममा पनि उस्तै भो । मन्तव्य राख्ने पालो सुरुमा कोइरालाको परेपछि उनले कर्याङकुरुङ चराको कथा सुनाए । तर, त्यो कथा गर्दै संशाकले देउवासँग नेतृत्व मागेका थिए । उनले कर्याङकुरुङ चराले जस्तै अगाडि–पछाडि गर्दै उडे १० हजार किलोमिटर उड्न सकिने भन्दै कथा टुंग्याए । र, भने– ‘१० हजार किलोमिटर एउटै चरीले उड्दैन । नेतृत्व परिर्वतन गरिहनुपर्छ। थाक्छ, पछाडि जान्छ, मैले भन्नुपर्ने कुरा तपाईहरुले बुझिसक्नुभएको छ ।’
‘तर देउवाले त्यही मञ्चबाट ठाडै अस्वीकार गर्दै भने– ‘म थाकेकै छैन कहाँ पालोपालो गर्नू, कर्याङकुरुङ थाकेको होला । म थाकेको छैन ।’ देउवाले यसो भन्दा सहभागीहरुमाझ हाँसोको फोहोरा छुट्यो ।