Logo

धरासयी रंगशालामा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता


काठमाडौं । ०७२ को भूकम्पले धरासयी बनाएको दशरथ रंगशालामा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । पूननिर्माण नै नसकिएको रंगशालामा माघ ९ देखि १७ गतेसम्म मदनभण्डारी इन्टरनेसनल फुटबल प्रतियोगिता हुने भएको हो ।

 

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुने उक्त प्रतियोगिता एन्फासँगको सहमतिमा सम्पन्न गर्न लागिएको जनाइएको छ । साथै एन्फाबाट फिफा र एएफसीबाट अन्तराष्ट्रिय मान्यता लिन पहल समेत भइरहेको छ ।

खेल लिक कम नकआउटका आधारमा खेलाइनेछ । एन्फाकै सहयोगमा दक्षिण कोरिया,भुटान, बंगालादेश, भारत, थाइल्याण्ड र चीनसँग कुरा भइरहेको भएपनि ४ वदेशी टिम र नेपालको २ टिममा थपघट हुनेछ खबर छ । प्रतियोगिताका विजेताले २५ हजार अमेरिकी डलर(२५ लाख) पाउने छ । दोश्रोले १० हजार डलर(१० लाख) पाउने छ ।

प्रतियोगिता करिब १ करोड ५० लाख खर्चमा सम्पन्न हुने अनुमान गरिएको छ । उत्कृृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही एक हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । विदेशी टिमको बसोबास र खानपानको व्यवस्था आयोजकले नै गर्ने छन् । आउने जाने खर्च भने टिमले आफै व्यहोर्नुपर्ने छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्