समाज अराजकतातर्फ गयो : प्रचण्ड
नेकपाका अध्यक्ष प्रचण्डले नेपाली समाज अराजकतातिर जान थालेको बताएका छन् । नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेद्धारा लिखित‘संघर्षको इतिहास’ पुस्तक विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
दुईतिहाइ बहुमत प्राप्त सरकार भए पनि थुप्रै जटिलता झेल्नुपरेको प्रचण्डको अभिव्यक्ति थियो । उनले भने–‘हामीले समाजवादतिरको यात्रामा जाने संकल्प गरेका छौँ । लगातार सुशासन, भ्रष्टाचार निर्मूल र समाजवादको आधार निर्माण गर्ने कुरा गरिरहेका छौँ,’ ‘तर, अर्कोतिर दिनदिनै विकृति विसंगतिका घटना भइरहेका छन् ।’