किरात राई जातिको इतिहास ??
इतिहासमा किरात जाति भन्नाले मंगोल समुदायमा पर्ने धिमाल, दनुवार, थारु, मगर, गुरुङ लगायत सबै पर्दछन् तर वर्तमान अवस्थामा राई, लिम्बू, याक्खा र सुनुवारले मात्र गर्वकासाथ किरात जात स्वीकारेका छन् । किरात जाति दक्षिण र दक्षिणपूर्वी एशिया क्षेत्रको आदिवासी भएको हुनाले यस जातिको इतिहास अति प्राचीन र व्यापक छ तर यहाँ किरात जातिभित्र पर्ने किरात राईहरूको बारेमा मात्र केही छोटो चर्चा गरिन्छ ।
वल्लो किरात र माझ किरातका रैथाने जाति किरात राईहरू नै हुन् । आधुनिक केन्द्रीकृत राज्य व्यवस्था स्थापना हुनु अगाडि किरात राईहरूमा संघात्मक राज्य व्यवस्था रहेको पाइन्छ । किरात राईहरू वर्तमान नेपालको पूर्वी भागमा सैकडौं वर्षसम्म सिमित भएर बस्नु परेता पनि उनीहरूको लोक कथा र परम्पराहरू काठमाडौं उपत्यका ९यलाखिम०का पटुक दरबार, विरुपाक्षको मुर्ति साथै शिलालेखहरु किरात शासनकालसंग जोडिएका छन् । त्यसैले किरात राईहरू प्राचीन नेपालका किरात राजा यलम्बरको सन्तान हौं भनी गौरव गर्दछन् । तर कालान्तरमा भौगोलिक कठिनता र आर्थिक श्रोतको अभावले गर्दा किरात राईहरू सामान्य कृषक र भारतमा अंग्रेज शासनको बिस्तारपछि ‘गोर्खा सैनिक’ को रूपमा परिचित भएका छन् ।
किरातहरू संसारकै आदिम मूल जातिहरूमध्येका हुन भन्ने कुरामा दुई मत छैन । कालान्तरमा सोही जातिभित्र विभिन्न थरीका जातिय समुदायहरू विकसित भए र ती नै समुदाय भित्र एक समुदायको रूपमा राई जातिको उत्पत्ति भयो । त्यसपछि भन्न थालियो – किरात राई । किरातभित्र राईहरूको उत्पत्ति कहिले भयो भन्ने कुराको इतिहास अत्यन्त खोजको विषय हो । तथापि यसको इतिहासलाई शाके १० शताब्दीदेखि १८ शताब्दीताका “राई” नाम प्रचलनमा आएको कुरा उल्लेख गरेको पाइन्छ । तर यो “राई” शब्द आउन अगाडि शाके १०१७ मा नै “राय” शब्द उल्लेख भएको कुरो भारतको गडवालमा प्राप्त शुरवीसिंह प‘वारका राजदरवारी निजि पुस्तकालयमा संग्रहित भोजपत्रमा लिखित ग्रन्थहरू– काशिकावृत्तिको टिप्पणी र काव्यसुधानिधिको रचयितामा उल्लेख भएको “इति श्री नेपालस्य पूर्वाञ्चल खोटाङक्षेत्रवास्तव्येन चाम्लिङरायकुलभुषणेन हर्कबलीना वीरचिता टिप्पणी समाप्त” वाक्यबाट थाहालाग्छ ९पृष्ठ ४०० । तसर्थ “राई” शब्द “राय” शब्दको अपभ्रंश रूप हो ।
राई शब्द किरात पछि कुनै विशेषण, विशिष्ट उपाधि वा किरातको कुनै एक वंशलाई जनाउन प्रयोग गरिएको पाइन्छ । यी तथ्यहरूबाट किरात र राई एक अर्कामा अन्योन्याश्रित पदावलीहरू हुन भन्ने बुझिन्छ । त्यसैले “राई” भन्ने बित्तिकै त्यसमा “किरात” जोडिन्छ । अझ भन्ने हो भने “राई” लाई जनाउने “किरात” शब्दलाई “किराती” भन्ने शब्द पनि जनजिब्रोमा प्रयोगमा आइसकेको पाइन्छ । त्यसैले ‘किराती’ शब्दले चाहि खास राईहरूलाई मात्र जनाउ‘छ भन्नु अत्युक्ति नहोला । तर “किरात” मात्र भन्यो भने राई, लिम्बु, याक्खा, सुनुवार जातिलाई समेत जनाउ‘छ ।
अतः यी किरातहरू वल्लोकिरात (विशेषत सुनुवारहरूको बाहुल्य भएको क्षेत्र), माझकिरात (राईहरूको बाहुल्य भएको क्षेत्र) र पल्लोकिरात भन्नाले (लिम्बुहरूको बाहुल्य भएको क्षेत्र) मानिन्छ । तर यी तीन नै क्षेत्र लगायत अन्य क्षेत्रहरूमा समेत राईहरू छरिएर रहेको तथ्यहरू बिस्तारै खुल्दैछन । यहॉ हाम्रो सन्दर्भ तिनै किरात राईहरूको संस्कृति र संस्कारको बारेमा चर्चा गर्न खोजिएको हो । -बिभिन्न पुस्तकबाट संकलित गरिएको हो ।