Logo

पत्रकार बस्नेत रिहा


काठमाडौं –  पत्रकार राजु बस्नेत रिहा भएका छन् । सर्वोच्च अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएसँगै बस्नेत रिहा भएका हुन् ।

यसअघि कागज गर्न र मेडिकल टेस्ट बाँकी रहेको भन्दै पत्रकार बस्नेतलाई सर्वोच्च अदालतबाट महानगरीय प्रहरी परिसर ललितपुर ल्याइएको थियो ।

बस्नेतको तर्फबाट रमिता बस्नेतले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले पत्रकार बस्नेतलाई पक्राउ गरिराख्न नपर्ने आदेश दिएको हो ।

सर्वोच्चले महानगरीय प्रहर परिसर ललितपुर जावलाखेललाई पक्राउ गर्नुको कारणसहित उपस्थित हुन पनि आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि आफूहरुले पत्रकार बस्नेतलाई रिहा गरेको महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेल प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

केही दिनअघि बस्नेतले ललितपुरको एक सार्वजनिक जग्गा नेकपाका सांसदहरु पम्फा भुसाल र राजकाजी मर्हजनले दलाली गरेको भन्दै समाचार प्रकाशन गरेका थिए ।

दृष्टि दैनिकमा प्रकाशित ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने शीर्षकको समाचार उनले आफ्नो अनलाइन खोजतलास डटकममा साभार गरेका थिए । त्यो समाचारले विद्युतीय कारोबार ऐन उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्