पत्रकार गिरफ्तारीबारे बोले गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले राजु बस्नेत कानुनअनुसार नै परेको बताएका छन् । राष्ट्रियसभामा जवाफ दिँदै गृहमन्त्री बादलले उजुरी परेपछि बस्नेत पक्राउ परेको बताएका हुन्। उनले भने, ‘सम्बन्धित निकायले कानुन बमोजिम नै कदम चालेको छ ।
यसले प्रेस स्वतन्त्रता हनन भयो भन्ने लाग्दैन ।’ बस्नेत नेकपा नेताहरुबारे लेखिएको समाचारका कारण पक्राउ परेका थिए ।