Logo

निर्मला हत्या प्रकरणले राष्ट्रपति चिन्तित


कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले आफु चिन्तित भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । र राष्ट्रिय बालअधिकार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले चिन्ता व्यक्त गरेकी हुन् । उनले घट्नामा संलग्न अपराधिलाई पत्तो लगाई कठघरामा उभ्याई पीडित परिवारलाई न्याय दिनसवै पक्षलाई संवेदनशील हुन अनुरोध गरेकी छन् ।

बालदिवसको अवसरमा बोल्दै उनले, बालबालिकाको हक, हित संरक्षणमा सबै पक्षको सहयोगको समेत जोड दिए । बालमैंत्री समाज निर्माणमा सबैले सकेको सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन् । उनले सरकारलाई बालिबालिकामाथि भईरहेका यौनजन्य हिंसा, दूव्र्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराध नियन्त्रण गर्न आवश्यक कानुन निर्माणमा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरिन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्