केसीले राजीनामा दिएका थिएनन् – गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्मला पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समिति सदस्यबाट विरेन्द्र बहादुर केसीले राजीनामा नगरेको बताएका छन् । शुक्रबार संघीय संसदमा बोल्दै उनले सदस्य केसीले असुरक्षाका कारण राजिनामा दिएका सञ्चारमाध्यमलाई बताएपनि औपचारिक राजीनामा नदिएको बताएका हुन् ।
थापाले सदस्य केसीले राजीनामा दिने कुरा सञ्चारमाध्यममा आएपनि पूर्ण सुरक्षाको प्रतिवद्धतापछि काममा फर्कन तयार भएको बताए ।उनले भने– ‘छानविनि समितिका सदस्यले असुरक्षाको आशंका गरेको बुझेपछि मन्त्रालयले सुरक्षाको प्रत्याभुति गर्ने प्रतिबद्धता पछि उहाँ काममा फर्कनुभएको हो । यद्यपी सदस्य केसीले राजीनामा औपचारिक रुपमा दिइसकेको अवस्था थिएन ।’
निर्मला हत्याबारे बादले भने–
- ‛निर्मला पन्त प्रकरणका अपराधीहरुलाई सरकारले जसरी पनि कानुनको कठघरामा ल्याएरै छाड्छौ ।’ अपराधीहरु कानुनको कठघरामा आएर छोड्छन् सरकार उनीहरुलाई उम्कन दिदैन’
- ‘घटनाको सत्यतथ्य छानविन र दोषीलाई न्याय दिन सबैको सहयोगको आवाश्यक्ता छ । सरकार यो प्रकरणमा गम्भीर भएको छ । यो सवैको मुद्दा बनेको छ । सरकारले यसबारे छिटो परिणाम ल्याउँछ ।’