Logo

आज ऋषिपञ्चमी


ऋाज भाद्र शुक्ल पञ्चमीको दिन हो । हिन्दु नारीहरुले सप्त ऋषिको आज पूजा गर्छन् । महिलाहरु विहानै नदि, खोला, ताल वा पोखरीमा जान्छन् र गाईको गोबर, खरानी र माटो लगाई नुहाउँछन् । यसबाट रजस्वलाका समयमा छाइछुइ भएको भए मुक्ति मिल्ने हिन्दुहरुको विश्वास रहेको छ । स्नान गरेपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिएको हो । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले ऋषि पञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजाआजा गरेपछि टुसा उमारेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला खाइ एक छाक व्रत बस्नुपर्ने हुन्छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा श्रद्धालु महिला पूजा गर्नेछन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्