Logo

बलात्कार गरी हत्या गर्नेलाई जन्मकैद


अर्घाखाँची– जबरजस्ती करणी गरि हत्या गर्ने १ जनालाई बिहिवार जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायधीश रामचन्द्र पौडेलले दाङ्ग जिल्ला गडवा गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष ३४ को विक्रम रानालाई जन्मकैदको फैसला गरेका हुन् ।

संगै जबरजस्ती करण गर्न सघाउने दाङ्ग जिल्ला राप्ती गाउँपालिका भालुवाङ्ग वडा नम्बर १ निवासी ३० वर्षीय दिवश शाहीलाई १ वर्ष ६ महिना कैद हो ।
२०७४ फाल्गुन २० गते राती सितगंगा नगरपालिका वाड नम्वर ८ सिद्धारा जामुने सामुदायिक वन अर्घाखाँचीमा दाङ्ग जिल्ला राप्ती गाउँपालिका वडा नम्बर १ बस्ने मुस्कान नेपाली परियारलाई जबरजस्ती करणी गरि हत्या गरिएको थियो ।

मृतकको शरीर जंगलमा अर्को दिन फाल्गुन २१ गते नग्न अवस्थामा प्रहरीले फेला पारेको थियो ।
मृतकका श्रीमान बसन्त दमै परियारले जाहेरी दिएका थिए । मृतकका बालबचालाई क्षतिपूर्तिबापत २ लाख तत्काल राज्यबाट उपलव्ध गराईएको फैसलामा उल्लेख गरिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्