Logo

विप्लवका चार कार्यकर्ता पक्राउ


सिरहा– सिरहाको लहान १३ पक्किटोलबाट इलाका प्रहरी कार्यालय लहानले सरकार विरोधी पर्चा बाड्दै हिँडेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका चारजना कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोन्विन्द सदाय, अनिता सदाय, ज्ञानुदेवी सदाय र धनुषाका इन्दल साह छन् ।

उनीहरुलाई गोलबजार क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।  गाउँमा सरकार विरोधी पर्चा बाडिरहेको सुचना पाएर त्यहाँ पुगेको प्रहरीले सोधखोज गर्दा प्रहरीमाथि नै दुव्र्यबहार गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ चारै जनामाथि सार्वजनिक अपराध सम्वन्धी मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्