Logo

गृहमन्त्रीले शुक्रबार संसदमा निर्मला हत्याबारे जवाफ दिने


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार संसदलाई यथार्थ जानकारी गराउने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पन्तको हत्याबारे सरकारको जवाफ माग गर्दे प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि गृहमन्त्रीलाई संसदलाई जानकारी गराउन लागेका हुन् ।

कानूनमन्त्री भान्भक्त ढकालले गृहमन्त्रीले शुक्रबारको बैठकमा निर्मला हत्याकाण्ड, रोल्पाका रोहित पुन हत्याकाण्ड र पत्रकार राजु बस्नेत पक्राउ प्रकरणमा गृहमन्त्रीले जवाफ दिने जानकारी गराएसँगै अवरुद्ध संसद फेरि सुचारु भएको हो ।
यसअघि सभामुख कृष्ण बहादुर महराले घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्