प्रदेश १ को नाम अब छिट्टै राख्दै -रामकुमार राई ‘पासाङ'(भिडियो सहित)
प्रदेशको नाम अब छिट्टै राख्दै
गणतन्त्र एफएममा, खोटाङ क्षेत्र नं २ प्रदेश सभा सदस्य रामकुमार राई ‘पासाङ’ले एक अन्तरबारिता दिदै भनेको छन, प्रदेश नं १ का सांसद रामकुमार राई ‘पासाङ’ले प्रदेशको नामाकरण र केन्द्र टुंगो लाग्न नसक्दा समस्या भइरहेको बताएका छन् ।
गणतन्त्र एफएममा पत्रकार रमेश प्रसाईँसँगको कुराकानीको क्रममा उनले प्रदेश नं १ को नामाकरण छिटोभन्दा छिटो टुंगो लगाउनुपर्ने बताए । प्रदेश नं १ को नामाकरण छिटोभन्दा छिटो टुंगो लगाउन मुख्यमन्त्री शेरधन राईलाई आफूहरुले आग्रह गरिरहेको उनले खुलासा गरे ।
‘अहिलेसम्म प्रदेशको नामाकरण गर्न सकिरहेको छैन । हामीले भनिरहेका छौ छिटोभन्दा छिटो गर्नुपर्यो,’ उनले भने, ‘प्रदेशको नाम र केन्द्र टुंगो नलाग्दा समस्या भइरहेको छ ।’ प्रदेश १ को नाम अब छिट्टै राख्नको लागी छलफल भई रहेको समेत बताए ।
बजेट पुरनो ढाचामा आयो
सो क्रममा उनले प्रदेश नं १ को सरकारले ल्याएको बजेट परम्परावादी भएको भन्दै गुनासो व्यक्त गरे । ‘सरकारले नयाँ ढंगको बजेट ल्याउन सकेन पुरानै खालको भयो,’ उनले भने, ‘प्रदेश सरकारले केही त गरेको छ तर जति गर्नुपर्ने हो त्यति गरेको छैन ।’
उनले आफू निर्वाचित भएपछि हाल आफ्नाे निर्वाचन क्षेत्रको विकास निर्माणमा ध्यान दिइरहेको उल्लेख गरे ।
खोटाङ ‘ख’ बाट निर्वाचित सांसद राईले दिक्तेलदेखि साकेला गाउँपालिका, दिप्रुङ, खोटेहाङ लगायत क्षेत्रमा सडक निर्माणका लागि बजेट बिनियोजन भइसकेको उल्लेख गरे । सडक नपुगेको स्थानमा सडक लाने र भएका सडकको स्तरोन्नतिका लागि आफूले ध्यान दिइरहेको उनको भनाइ छ ।
भिडियो हेर्नुस ।