‘प्रकाण्ड’लाई काठमाडौं ल्याइयो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई दाङबाट काठमाडौं ल्याइएको छ ।
आज विहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं ल्याएको प्रहरीले जनाएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र काठमाडौं झिकाउन पत्र काटेपछि उनलाई काठमाडौं ल्याइएको हो ।
उनको डायरीमा तुलसीपुर घटनाको बारेमा उल्लेख गरेको भेटिएपछि शुक्रबार अनुसन्धानका लागि दाङ लागिएको थियो । उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिनको समय तोकेकोमा उक्त समय नसकिँदै सार्वोच्चले उनलाई काठमाडौं झिकाउन पत्र काटेको हो ।
उनलाई काठमाडौं ल्याए पनि दाङको मुद्दामा अनुसन्धान जारी नै रहने प्रहरीको भनाई छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला कांग्रेसले आयोजना गरेको सभालाई लक्षित गर्दै बम विस्फोट गराएको आरोप उनलाई लागेको छ ।
उक्त बम विस्फोटमा परी एक जना म्यादी प्रहरीको ज्यान गएको थियो ।