Logo

निर्माला हत्या प्रकरण : निलम्बित एसपी विष्टको डीएनए परिक्षणका लागि नमुना संकलन


काठमाडौं । १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुशन्धानमा हेलचेक्र्याइँ गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टकै डीएनए परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा.हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।

मृतकको योनीबाट लिइएको ‘स्वाब’को डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टको डीएनए परिक्षण गर्न लागिएको हो ।

डा.वस्तीले भने, ‘मैले आज बिहान डीएनए परिक्षणका लागि निलम्बित एसपी विष्टबाट नमुना संकलन गरेर प्रहरीलाई बुझाएको छु ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्