अमेरिकामा संकटकाल घोषणा
अमेरिकाको पूर्वी तटस्थित इलाकामा जुन फ्लोरेन्स चक्रावतको खतरा छ। त्यो पछिल्लो तीन दशकको सबैभन्दा ठूलो चक्रवात हुने मौसम विभागले चेतावनी दिएको छ ।
मौसम विभागका अनुसार अटलान्टिकको तातो पानीबाट यो चक्रवातले शक्ति पाइरहेको छ र भविष्यमा यो थप शक्तिशाली हुने आशा गरिएको छ ।
अधिकारीले अबको ३६ घण्टामा चक्रवातका साथै पानीको स्तरमा वृद्धि भएको हुँदा तटीय इलाकामा जन र धनको खतरा बढ्न सक्ने अनुमान व्यक्त गर्दै तुरुन्त सो स्थान छोड्न निर्देशन दिएका छन् ।
उक्त चक्रवातको अवस्था हेरेर भर्जिनिया, मेरिल्याण्ड, वासिङ्टन, उत्तर र दक्षिण क्यारोलाइनामा संकटकालको घोषणा गरिएको छ ।
उत्तर क्यारोलाइनाका गभर्नर रोय कुपरले तत्काल तटीय इलाका छोड्न निर्देशन दिएका छन् । ‘त्यहाँ बसेर तपाईंहरुले आफ्नो ज्यान जोखिममा पार्दै हुनुहुन्छ,’ कुपरले भने, ‘हावा र वर्षा हुन थालेपछि मात्र अन्यत्र सर्छु भन्ने सोच त्याग्नुहोस् ।’
उनले मंगलबार मिडियासँगको कुराकानीमा उक्त चक्रवातलाई विशाल राक्षकको संज्ञा दिँदै यो निकै खतरनाक र ऐतिहासिक भएको बताएका छन् ।