तिज बिशेष डायरी
बेलुकाको खाना खाइसके पछी यसो घुम्ती तिर निस्केको छु , समाजीक सञ्जाल चलाई हेरौ न भनी। अलिक मिल्ने ठाउ मात्र हेरी के बस्छु , मलाई डान्सीङ गीतले डिस्टप गरी हाल्छ। बजी रहेछ पहिलो नम्बरमा ……।कहाँ के भनी धोत्लीन जरुरी छैन। आजनै तिज हो , हिन्दु धर्मले महिलाको नाममा छुटायाएको सायद एक मात्र पर्व / चाड। त्यो पनी पती व्रतको नै लागी। यद्दपी आफ्नै पारा ढंगले मान्दा पाउदा अझ आज सम्म आउदा धेरै नै स्वछन्दता पाउदा यस चाडको बेग्लै रमाइलो र महत्व हुन्छ नै होला। र त महिलाहरु (सायद) खाली पेट नभनी डान्सीङ गीतमा उफ्री उफ्री नाचेका हुदा हुन।
आज बिहान नुवाई धुवाई गरी मोबाईलको नजीक पर्ने बित्तिकै एक भाईको कल आउछ । आज तिज मान्ने होईन ? सोध्छु , के छ प्लान ? भन्छ , भलिबल खेलौ । हतार हतार खाना खाएर ग्राउन्ड तिर लाग्छु , साथीहरु अगी नै सुरु गरीसकेका रैछन। पालो त पर्खनै पर्ने भो खेल्नलाई। सम्झीन्छु , तीज त हामलाई ( पुरुष ) नी लागेकै छ है गाठ्ठे। यत्तीकै बेला विध्यालयका सर हरु हरर आउछन ग्राउड तिर , छैनन मिस म्याडमहरु । जो आज बिदा पाउने भाग्यमानी हुन। अ , यी सर हरु नी ? अभागी हुन ? कहाँ हुनु डबल भाग्यमानी हुन। एका तिर घरका श्रीमती माईत गई या चाडमा ब्यस्त छे भनेर काममा जोतिनु परेन । अर्का पट्टी छात्रा नै नभएसी पढाउने कुरो नी खलास । अब घर फर्केर काममा जोतिने कस्को रहर । जमायो बेजोडले। …… साथीहरुले खेल सकाए पछी पालो आउछ , खेल्न थाल्छौ , दोस्रो गेम सम्म त स्टामिनाले भ्याकै हो तेस्रो गेमले निकै सारो थकाउछ । भित्र भित्र प्रण गर्छु जे सुकै होस चौथो त खेल्दीन । तेस्रो सकिए सगै मेरो पाच सयले पनी बाटो तताउछ। मन अमिलो बनाई बनाई कोर्ट छोड्छु । साथीहरु बोलाईनै रहन्छन । यस्तो थकानमा पनी कहा बाट जोस आएछ कुन्नी अर्को पाच नी थपे थपीवोस को झोक चल्छ , र मैदान तिर हनिहालेछु। मैदान भित्र , मर्ने गरी सट हान्छु , बिपक्षी फूलको थुङ्गा टिपे सरी टिप्छन , बिपक्षी बल पठाउछन , बल तिर हात जान गरो मान्छ यती सम्म की सर्भीस सम्म मुनी बाट गर्न थाल्छु , त्यो पनी बल परी परी। र पनी मरिमेट्टीएकै छ जीतको लागी। धन्न पाच बाट दश चाही पुगेन। अझै अर्को खेलको दबाब गरी नै रहेछ साथीहरु । म भने हारको हात उठाएर एक साथीलाई होटल तिर जाने ईसारा गर्छु अनी नजीकै रहेका एक शिक्षक लाई बोलाउछु अगी नै होटल तिर सोझिएका छन अर्का दुई मनुवा । अनी लाग्छौ उकालो । यता उता एका दुई रातो साडी देखि नै रहेछन।
लगभग २/२.५ घन्टा गाउले होटल बसाई पछी फर्कन्छौ त सडकै डाकिएकोछ रातो साडीले । ( साथीहरुलाई लागेकै होला अढाई घण्टाको रस र रोचकता त होला नै ?, मेरा साथीहरुले रस पान गरेका नै हुन, कसम मेरो भने डेढ कप डिउमा मै गयौ अढाई घण्टा , केही बकम्फुसे गफ त मारिनै। अ अघी भरखर खाना खाने बेला मेरो फोनमा दरको निम्तो नआको भने होइन है। ) यसो नियल्छु , विश्वकमर्मा टोलका दिदि बहिनी र भाउजु बुहारीहरु सनै सनै नचिने भएर मुसुमुसु मस्किदै कोही सेल्फीमा ब्यस्त छन कोही थकित झै ठस्स सार्बजानिक भवनको पेटीमा बसेका छन। त्यही छेउमा उफर ( डेक , स्पिकर ) तम्तायर छ बज्नलाई । तार जोड्न केही भाईहरु सहयोग गरिरहेछन। केही बोल्दै रातो साडीहरु काट्नै लाग्दा देख्छु, एक दुई राईनी भाउजुहरु नी सर्माउदै रातै भएर सरिक छन क्रियाक्रममा। सोच्छु , गज्जब छ नया सस्कृती संकार । बद्लीदो छ , बद्लीन्छ , र पर्छ पनी अनी उधौली उभौली र साकेला पनी त सर्वब्यापी बन्नु पर्छ। फेरी हरीतालिका तीज नी त शिव प्रती पार्वतीको प्रेम हो । जो किराती मिथकमा सुम्नीमा र पारुहाङको नाममा नामेट छन। अ अहिले सुनिरहेको तीज र डान्सीङ गीत चाही केही माथी क्षेत्री गाउको रह्यो है ।
तीज। बद्लिदो छ। हिजो हामी स्कुल पढ्दै गर्दा निर्दयी बन्दै सरहरुले हामी केटाहरुलाई मात्र स्कुल आउनु भनी फर्मान जारी गर्थे । अनी केटीहरु बिदा पाउथे। कहि कतै गीत बजेको डेक घन्केको सुनेत मरी जाउ। उ माथी क्षेत्री गाउ तीर कही कतै गीत गुन्गुनाउथे की अहिले अनुमान लाउछु म। उही दिन त रैछ तीज। यसरी गाउनै रातो बन्ने गरी मान्न थालिएको वा देख्न थालिएको अहिले अहिले नै हो। अझ म आफैले गाउमा यती धेरै गरी अनुभुती भएको तीज त यही नै हो । फेरी समाजीक सञ्जालमा तीज लागेको त महिनौ भइसक्यो नै । सहर नी समाजीक सञ्जाल सगै नै लागेको होला सायद। हुन पनी केही अघी सम्म म काठमान्डु रहन्जुलजेल पार्क हरु रातो साडी र ……बरी लै को धुनले छपक्नै थिए नै । पार्टी प्यालेसहरु पनी उही रंग र धुनले भरिएकै थिए। म सबै तिर चियाउथे र सोच्थे कता जादै छ तीज ? रातो साडीको मोहले की मिठो मसिनो दरको लोभले यत्ती धेरै यत्ती अघी हाम्रा दिदि बहिनीलाई तानी रहेछ ? फेरी लोभ लाग्दो छ केन्द्र देखी स्थानिय सम्मका सरकारका तीज मोह। सत्ताको प्रयोग कही तीज बिशेष बक्त्रृत्वकलाको कुरामा छ कही हाजीरी जवाफको चर्चामा , कही रातो साडी योगदानमा छ कही मिठो मसिनो दर प्रदानमा छ। जे होस तीज ताजुब गरी गज्जब छ। कर लाई छायाँ पार्ने गरी दरको जही तही चर्चा छ। एकाध सरकारको दर कसै कसैलाई नपच्नु र ओछ्यान पर्नु फरक कुरो हो। हाम्रो मानेभञ्याङ गाउपालीकाले पनी त तिज मनाईनै त रहेको छ, सायद १५ दिन अघी देखी हरेक वडा वडामा । आखिर पैसा छुट्टाइएकै छ गापा परिषद बाट । मैले सभामा, तीज बिशेष कार्यक्रम प्रती अनिच्छा प्रकट गर्नु , महिला ससक्तिकरण संग सम्बन्ध राख्दैन भनी जिकिर गर्नु , अन्य समुदायका सास्कृतिक पर्वलाई हेर्ने दृष्टीकोण के भनी प्रश्न गर्नु , तीज कति दिन चल्छ र हुन्छ भनी जिज्ञसा राख्नु , तीज जस्तो संस्कारलाई १५ /१५ दिन मनाउदै विकृत बनाई जनताको करको दुरुपयोग नहोस भनी खबरदारी गर्नु फगत फगत एक दुई कुरा न हुन। निर्णय गर्नेलाई तीजको रमझम नै प्रीय छ । तीजको दर नै रसिलो छ।
अझै चल्दै नै छ तीज। चलिनै रहने छ । सायद सुसंस्कृत भन्दा बढी बिकृत विकृत रुपमा। मलाई भने निन्द्रादेवीले बोलाईनै रहेछिन। सोच्दोछु, तीज पाराखीहरु भोली देखीन के गर्दा हुन। सक्दा हुन की नाई अझै साढै १० महिना पर्खन। सायद , निन्द्राबाट बिउझे झै हुदा हुन की सपना हिने झै हुदाहुन। की पानी बाट उछ्छीटीएका माछा जस्तै?