मुर्तीहरुमा जिउदो ईतिहास खोज्दै – रोजन राई
-सुमन बाङदेल
काठामाण्डौ – बजुबाजेले सबैलाई जितेर खानु भनेर राखिदिनु भएको नाम हो, ‘जितकुमार’ तर आफैले रोजेर राखेको नाम रोजन चाम्लिङ राई हो । आज भन्दा ३५ बर्ष अघी खोटाङ जिल्लाको नेर्पामा जन्मेको राई माध्यमिक लेभलको शिक्षा हासिल गरेको छन । शिक्षाको महत्व हुँदाहुँदै कलाको शिक्षातिर लागेका राई, नेपाली स्कुलमा ब्यबहारिक शिक्षा नभएकोले सिद्धान्तको ठेली मात्रले केहि नहुने भएकोले जिबनको ब्याबहारिक शिक्षा मुर्तीकलामा नै भबिश्य खोजेको हुन । उनको मन, मतिष्क, र मुटुबाट क्षेत्र रोजेको हुन ।
एक दशक भन्दा अघीदेखी नै बासको जरामा हरेक प्रकारको डिजाइन गरेको थिए, जस्तै कलात्मक डिजाइनको मानिस, भगवाण, देबीदेबता, जनवार, पन्छी र हजारौ सजावटका जरा कला बनाउथे । जो उनको मानसपटल भित्र रहेको परिकल्पनाको हुहुङकारलाई सुन्दर दृश्यमा उतार्थे कुरा मुन्धुमस्टार डटकमलाई आफ्नो अनुभब सुनाए । त्यसपछी सिमेन्ट, काठ र ढुङ्गाका मुर्ती खुप बनाएको छन ।
मुर्तिले निकै ठुलो ऐतिहास, सभ्यता र सास्कृतिक पक्ष जोडेको छ, त्यसैमा शुन्दर पहिचान गासिएको छ ।
राईको मेहनती हातले दर्जनौ दर्जन मन्दिरहरु, घरहरुर पार्कहरु सजाएको छ । अहिले ‘बुलेट प्रुब फाइभर’ र तामा, पितल, म्याटल र ढलोटका ठुलाठुला मुर्तीहरु बनाउदै छन । यो मुर्तीहरु बनाउन आफनै जिबनको अनुभब र ईन्टरनेट सन्जालले शिक्षाबाट एक टिमको नेतृत्व गर्दै मुर्तीहरु बनाई रहेको छन ।
अहिले तत्काल सिक्किम सरकारको राष्ट्रीय परियोजनामा पारुहाङ माङ्गखिम साप्तेन कमिटी गेन्टोकको अडर अनुसार मुर्तीहरु बनाई रहेका छन । यस ग्रेण्ड डिजाइन प्रोजेटमा मुर्तीहरु सिली नाच, पारुहाङ सुम्निमा, यलम्बर, तयामा खियामाको पापा, पातेसुङ, आमा दिलिदुम्मा , तयामा खियामा, रैछाकुले लगायत वाबुक, सोलेवा, बाग, भालु, पुरानो मानिसहरु पन्छी लगायत १०० वटा जती राई कल्चरमा आधारित मुर्तीहरु छन । यस मुर्ती ढलोट र बढी रेजिन, जेल, फाईबरको रहेको छ। मुर्तीहरु नेपालकै किरात राई चलन चल्तीमा आएको र किरात राई मुदुम र ईतिहास कै आधारमा परिकल्पना गरि बनाएको हो ।
लगातार ९ बर्ष आगाडी देखी शुरुवात गरिएको यस परियोजना यस माङखिम चुलाघर सन २०१८ मा सकिने गरि निर्माण हुदैछ। चुलाघर, गेष्ठ हाउस, रेष्टुरेन्ट, गिफ्टसप, सेमिनारहल, साल्पा पोखरी लगायत अन्य मल्टी पर्पोजमा निर्माण भएको छ। बिगत दुई बर्ष अघी राईलाई त्यहाँ पुराउन समितिकै हात भए पनि भारतकै प्रसिद्द कलाकारहरु सँग प्रतिष्पर्धाबाट राई छनौट भएका हुन ।
नेपालमा पहिलो अादिम पुर्खा तयामा, खियामा र रैछाकुलेको मुर्ती निर्माण गर्ने टिम समिती छ, उहाहरुको परिकल्पना लाई अर्जुन खालिङले खेरा चित्रण गरिदिनु भएको चित्र लाई मुर्तिमा उतारेको राईले बताए । यो मुर्तिले निकै ठुलो ऐतिहास, सभ्यता र सास्कृतिक पक्ष जोडेको छ, त्यसैमा शुन्दर पहिचान गासिएको छ ।
काठमाण्डौको कोटेश्वरमा यायोख्खाको प्राङ्गनमा रहेको बनाएको मुर्ती हलेसिकै साईजमा रहेको छ । मुर्तिकार राइको ५० र निर्माण समितीको ५० लगानीमा निर्मित हो । यसको श्रेय प्रकाश र अघिराज राई हङकङ, बिरबहादुर राई दुबई तथा गेन राई काठमाण्डौले पबित्र कार्यमा सामेल हुनु भएको हो ।
मुर्तीकारको क्षेत्रमा पहिला धेरै मुस्किल थियोे तर अहिले राम्रो छ । सबै मानिस कलात्मक भई सकेकोछ, हरेक निर्माण कार्यदेखि पार्क, घर, स्कुल, रेस्टुरेन्ट कलात्मक चाहिन्छ। अाफ्नो बाबा अामा बाजेबोजु र अाफै जिउदैमा पनी मुर्ती बनाएर राख्ने चलनको राम्रो थालनी भएकोछ।
अहिले सबै मुर्तीकारले काम पाएका छन । अहिले राईसँग निरन्तर रुपमा ९ जना रोजगार पाप्त छन । सबैले कलासँगको सुन्दर सन्सारको कल्पना गर्ने हुँदा यो क्षेत्रको माग बढदो छ ।
सरकारको तहबाट राम्रो निती निर्माण हुन जरुरी छ, मन्दिरै मन्दिरको शहर काठामाण्डौ मुर्ती नै मुर्ती छ जस्तो हनुमान ढोका, पाटन र भक्तपुर । यस प्राचिन मुर्ती निर्माण गर्न वा सरक्षण गरी बिकास गर्नु पर्दछ अनि कलाकारको पनि उचित मुल्याकन हुनेछ । परम्परागत मुर्तीहरु निर्माण गर्दै जानू पर्छ जस्ले हाम्रो ईतिहास जिबित रहनेछ ।