मेरा चार कविताहरु
– टंक किराती
- ईश्वर
आस्तीकहरुले मान्ने ईश्वर भईदिएको भए
संसार यती दर्दनाक हुन्न थियो होला
जहाँ दीनदुखीहरु भोकभोकै मरुन
दुई टुक्रा रोटीको लागी सोसकको पाउमा लमतन्न परुन
म त नास्तीक न हु।
मलाई ईश्वर थाहा नहोला
सायद
दीन दुखीलाई तड्पाउदै
गगनचुम्बी महलमा गुञ्जने हासो संगै
मुसुमुसु मुस्कुराउदा हुन की ?।।
- विसौनी
म आशावादी हु
अ ह
निराश छदै छैन म
नभन थाकेछ
यो त मनोरम दृष्य नियल्दै
चौतरीको सितलता तापेको मात्रै हु।
- मेरो देश
भ्रष्टहरुको काइते ब्यबहार
लुच्चाहरुको निर्मम बलात्कार
सहदाँ सहदाँ
सधै बाझो रहने
नपुङ्सक जस्तो हुन लागेछ
मेरो देश।।
- गन्तव्य
अर्बौको भिड बीच
हजारौ चौबाटोको गोञ्जागोलबाट
अ ह
थाहा छैन मलाई
कुन बाटो डोहोर्याउ आफुलाई
सायद ,
मेरो ध्येयको सगरमाथा तिर
आखॉ चिम्लिएर अघी बढौ की ?।