Logo

कञ्चनपुरमा फेरि बालिका बलात्कृत


महेन्द्रनगर स् कञ्चनपुरमा फेरि एक १० वर्षीया बालिका बलात्कृत भएकी छन् । महाकाली नगरपालिकाकी बालिकालाई मंगलबार साँझ स्थानीय ४० वर्षीय युवकले बलात्कार गरेको हो।

प्रहरी तत्कालै घटनास्थलमा पुगेपछि चारैतिरबाट घेरा हालेर अभियुक्तलाई धानबारीबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालयदेखि करिब ३ किलोमिटरको दुरीमा बालिका बलात्कारको शिकार भएकी हुन् । पक्राउ पर्नेमा महाकाली नगरपालिकाका ४० वर्षीय आइते सुनार रहेका छन् ।

धामीझाँक्री लगायतका काम गर्ने ती युवक पहिलेदेखि नै अन्य अपराधिक घटनामा समेत जोडिएको खुल्न आएको छ । बालिकालाई राति नै महाकाली अञ्चल अस्पताल ल्याएर स्वास्थ्य चेकजाँच गराईएको छ ।

पक्राउ परेका युवकलाई करणी कसुरसम्बन्धी मुद्दा दायर गरेर अदालतबाट १० दिन म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्