बेलुकी ७ बजेबाट घरभित्र छिर्न नपाइने गाउँ
उत्तरी तिब्बतको सीमासँग जोडिएको हुम्लाको नाम्खा गाउँपालिका ६ तिल गाउँमा ७ बजेपछि जो कसैलाई घर छिर्न प्रतिबन्ध लगाइएको छ । ७ बजे भन्दा पछि जोसुकै आएपनि झयालबाट हेर्ने झयाल बन्द गरी बस्ने प्रचलन रहेको पाइएको छ ।
४५ घरधुरी रहेको तिल गाउँमा ७ बजेपछि आउने सबैलाई भित्र पस्न नदिने निर्णय गरिएको छ । उत्तरी तिब्बतसँग जोडिएको जिल्लाकै अनाकन्टर बस्ती भएकोले यहाँका स्थानीयहरु नेपाली भाषा बोल्न पनि सक्दैनन ।
यहाँका अधिकाश तिब्बतको ताक्लाकोट केही मानिसहरु चौरीगाई गोठाला तथा कोही च्याङ्ग्रा भेडा पालनका लागि लेखतिर निस्केपछि गाउँमा वृद्धवृद्धा, बालबालिका र महिला मात्रै बस्ने गरेका छन् ।
गाउँमा पुरुष नबस्ने भएपछि बाहिरबाट आएका मानिसबाट चोरी हुने, महिलामाथी बलात्कारका घटना घटेपछि ७ बजेभन्दा पछि आउने कसैलाई पनि घरको ढोका नखोल्ने निर्णय भएको हो ।