Logo

साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग नेपाल पराजित


साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्ससँग नेपाल पराजित भएको छ । बंगालादेशमा बुधवार भएको खेलमा माल्दिभ्ससँग ३–० गोलले नेपाल पराजित भएको हो । नेपाल समुह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।

खेल सुरु भएको ९ औँ मिनेटमा माल्दिभ्सका अक्रम अब्दुल घानीले फ्री किक मार्फत गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालको कमजोर खेलको फाइदा उठाउँदै ८४ र ८७ औँ मिनेटमा इब्राहिम हसन वाहिदले दुर्इ गोल थप्दै ३(० को विजय दिलाए।

यसअघि सन् २०१३ मा साफ सेमिफाइनलबाट फर्किएको नेपाल फेरि पनि फाइनल पुग्न असफल रह्यो । साफमा यो नेपालले खेलेको चौथो सेमिफाइनल खेल हो । साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको खराब इतिहास रहँदै आएको छ ।

पहिलो चरणको खेलमा पाकिस्तानसँग २(१ अन्तरले पराजित भएको नेपाल बाँकी दुर्इ खेलमा सुधार गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले भुटानलार्इ ४(० र आयोजक बंगालादेशलार्इ २(० को जित निकालेको थियो । तर, श्रीलंकासँगको बराबरी र भारतसँग पराजित भए पनि माल्दिभ्स सेमिफाइनलमा छनोट भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्