Logo

जनप्रतिनिधिमाथि ‛प्रत्याह्वान प्रणाली’ लागु गर्नुपर्छ – गोपाल किराती


नेकपा माओवादी(केन्द्र) का संयोजक गोपाल किरातीेले जनप्रतिनिधि ‛चुनिने पकृया’ सुरु गर्न ‛प्रत्याह्वान प्रणाली’लागु गर्नुपर्ने बताएका छन् । फेसबुकमा उक्त विचार पोष्ट गरेका किरातीेले यो प्रणाली ‛समाजवादी गणतन्त्र’मा मात्र सम्भव भएको समेत दावी गरेका छन् । तर, यो धारणा किरातीले युग पाठकको भनाइलाई समेत अघि सार्दै प्रस्तुत गरेका हुन् ।

केही दिनअघि माओवादी (केन्द्र)ले पोलिटव्युरो बैठक गर्यो । उक्त बैठकको समापनमा ‛नेपाली समाज’बारे प्रशिक्षण पनि राखियो । प्रशिक्षणका निमित्त आमन्त्रण गरिएका थिए, माक्र्सवादी लेखक युग पाठक । यसै अवसरमा पाठकले भने–‛नेपालका तीनै तहका प्रतिनिधिहरु ‛जनताबाट चुनिएका’ नभएर ती प्रतिनिधिले ‛जनतालाई जितेका’ हुन् ।’

यसपछि किरातीले युगपाठकको विचार र आफ्ना विचारलाई संयुक्त रुपमा पोष्ट गरे। उनले युगपाठककै भनाईलाई समर्थन गर्दैै जनप्रतिनिधि ‛जित्ने प्रकृया’ हटाएर ‛चुनिने प्रकृया’को थालनी गर्न ‛प्रत्याह्वान प्रणाली’ लागु गर्नुपर्ने बताएका हुन् ।

किरातीले उल्लेख गरेका ‛प्रत्याह्वान प्रणाली’ के–हो ?
‛प्रत्याह्वान प्रणाली’ भनेको छानिएर पठाएका प्रतिनिधिहरुलाई वा पदाधिकारीहरुलाई फिर्ता बोलाउने अधिकार हो । यस्तो व्यवस्था स्विटजरल्याण्डमा छ । जहाँ निर्वाचित गरी राष्ट्रिय परिषदमा पठाइएका प्रतिनिधिहरुलाई फिर्ता बोलाउने अधिकार रहेको छ । त्यस्तै अमेरिकाको केही राज्यमा पनि आफना प्रतिनिधि फिर्ता बोलाउन सक्ने व्यवस्था छ । उसले आफनो दायित्व ठीकसँग निर्वाह नगरेमा उसलाई फिर्ता बोलाएर अर्कालाई उसको ठाउँमा पठाइने गरिन्छ ।’

किरातीको स्टाटस् :

‛माक्र्सवादी लेखक युग पाठकले भने–नेपालका तीनै तहका प्रतिनिधिहरु ‘जनताबाट चुनिएका’ नभएर ती प्रतिनिधिले ‘जनतालाई जितेका’ हुन् । यस्तो जित्ने प्रकृयाको थालनी पृथ्वीनारायण शाहको गोरखा विजय देखि भएको हो । जुन जारी छ । नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरो बैठक ,जसको समापनमा ‘नेपाली समाजबारे’ स्कूलिङका निमित्त क।पाठक आमन्त्रित हुनुहुन्थ्यो । जित्ने प्रकृया हटाएर चुनिने प्रकृया प्रारम्भ गर्न निश्चय नै प्रत्याव्हान प्रणाली लागु गर्नु पर्छ , जुन समाजवादी गणतन्त्रमा मात्र सम्भव छ ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्