Logo

स्वदेश फर्किए सभामुख महरा


चीनको स्वशासित क्षेत्र तिव्बतको ५ दिने भ्रमण पूरा गर आज स्वदेश फर्किएका छन् । गत शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तिब्बत गएका सभामुख महरा ‘चौथो चीन(तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनी’ को उद्घाटन समारोहमा सहभागी भएका थिए ।

उनले तिब्बत सरकारका प्रमुखसँग द्धिपक्षीय हितका विषयमा छलफल गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भएका थिए । स्वदेश फर्किएका महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमण फलदायी र निकै उपलब्धिमूलक भएको बताए ।

तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरेको पाइएको उनले बताए । तिब्बत सरकारका प्रमुखसँग भउको भेटमा पनि तातोपानी नाका खुलाउने विषयमा छलफल भएको भन्दै उनले नाका छिट्टै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्