बेरी नेपालका लागि अमेरिकी राजदूत
अमेरिका । अमेरिकाको सिनेटले रेन्डी विलियम बेरीलाई नेपालका लागि अमेरिकी राजदूत नियुक्त गरेको छ ।
गएको साता भएको सुनुवाइमा सिनेटले बेरीको नाम अनुमोदन गरेको हो । गत मे १० तारिखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरीलाई नेपालको राजदूतमा सिफारिस गरेका थिए ।
दक्षिण एसिया मामलाका जानकार बेरी अमेरिकाको विदेश मन्त्रालयको प्रजातन्त्र मानवअधिकार र श्रम विभागको उपनिर्देशकका रूपमा कार्यरत थिए । बेरीले अमेरिकी सरकारका विभिन्न निकायमा बसेर २५ वर्ष लामो सेवा गरिसकेको विदेश मन्त्रालयले जारी गरेको न्युज बुलेटिनमा उल्लेख छ ।
उनले न्यूजिल्याण्डमा सन् २००९ देखि २०१२ , नेदरल्याण्डमा काउन्सलर जनरलको रूपमा २०१२ देखि २०१५ काम गरिसकेका छन् । यस अघि नेपालमा उनले २००७ देखि २००९ सम्म राजदूत पछिको दोस्रो बरियातामा रहेर काम गरिसकेका छन् ।
बेरी नेपाल र दक्षिण एसियाली मामलामा राम्रो जानकार मानिन्छन् ।
कूटनीतिक सेवामा राम्रो काम गरेबापत उनले उत्कृष्ट र प्रतिष्ठित सम्मान समेत पाएका छन् । बेरी स्पेनिस र अरविक भाषामा राम्रो दख्खल राख्छन् । रेन्डी विलियम बेरी अमेरिकाको मध्ये पश्चिम राज्य कोलोराडोको हिलसाइडमा सन् १९६५मा जन्मिएका हुन् ।