भारतमा गयो भूकम्प : नेपालमा पनि धक्का
काठमाडौं– भारतको आसाम आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
बुधबार बिहान १० बजेर ५० मिनेट जाँदा ५।५ रिक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत महसुश भएको छ । भूकम्पबाट क्षति भए नभएकोबारे जानकारी प्राप्त भइसकेको छैन।