Logo

ब्राह्मण र गाईलाई राणा शासन स्वर्णयुग थियो-बलराम तिमल्सिना


-बलराम तिमल्सिना

काठमाण्डौ- जङ्ग बहादुर राणाले जारी गरेको बिक्रम सम्वत १९१० को मुलुकी ऐनमा दुई वटा कुरालाई मार्न प्रतिवन्ध थियो । ती हुन –
१. ब्राह्मण
२. गाई 
जतिसुकै ठूलो अपराध गरे पनि ब्राह्मणलाई नमार्ने गरी संविधानमै लेखिएको थियो । यसको अर्थ ब्राह्मणलाई मानिसहरू भन्दा माथि ईश्वरको दर्जा दिइएको थियो । एतिसम्म कि कुनै ब्राह्मणले रानी या राजकुमारीसँग यौन संवन्ध गरे पनि चारपाटा मुडेर देशबाट निकाल्नु भन्ने मात्रै थियो ।
दोश्रो कुरा जनावरहरूमा गाईलाई पनि मार्न निषेध गरिएको थियो । तामाङ लगायत दलितहरूलाई त ” मासिन्या” मास्न ( मार्न) मिल्ने भनेर संविधानमै लेखेको थियो ।
२००७ सालपछि ब्राह्मणहरूलाई मार्न पनि मिल्ने भयो । तै पनि लामो कानूनी अभ्यास र धार्मिक प्रभाव समेतका कारणले अन्य जाति भन्दा ब्राह्मणहरू राज्यको गोलीबाट संभवत कम मारिनु पर्यो होला ।
नेपालमा नयाँ संविधान र नयाँ मुलुकी ऐन आइसक्दा पनि जङ्ग बहादुरले लागू गरेको गोवध निषेधको प्रावधान चाहिँ कायम नै छ । अहिले पनि गाई मानिसहरूभन्दा माथि छ ।
यस अर्थमा ब्राह्मण र गाईलाई राणा शासन स्वर्णयुग थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्