नारायण–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण बन्द भएको छ । गएराती १ बजे चार किलो भन्ने स्थानमा पहिरो गएपछि सवारी साधनहरु चल्न सकेका छैनन् ।
अविरल वर्षाका कारण पहिरो खसिरहेकाले सवारी चाँडो सुचारु हुने सम्भावना कम देखिन्छ ।